पोल्याण्ड नागरिकद्वारा म्याग्दीकाे विद्यालयलाई डेढ करोड सहयोग

हिमाल प्रेस ११ वैशाख २०८१ १७:४१
198
SHARES
पोल्याण्ड नागरिकद्वारा म्याग्दीकाे विद्यालयलाई डेढ करोड सहयोग

म्याग्दी- एकजना विदेशी नागरिकको डेढ करोड सहयोगमा अन्नपूर्ण गाउँपालिका–८ मा रहेको काफलडाँडा आधारभूत विद्यालयको पूर्वाधार निर्माण गरिएको छ। साविक राम्चे गाविस–८ धारापानीमा जन्मी हाल बेलायत निवासी गिरबहादुर गर्बुजाको समन्वयमा पोल्याडका नागरिक जोन ओलस्कीले सो विद्यालयको कक्षाकोठा भवनलगायतका पूर्वाधार निर्माणमा सहयोग गरेकाे विद्यालयका प्रधानाध्यापक बुद्धि पुर्जाले बताए।

प्रधानाध्यापक पुर्जाले गर्बुजाको पहलमा ओलस्कीको एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेकाे बताए। उक्त रकमबाट ११ कोठे दुईवटा भवन निर्माण गरिएको छ। समन्वयकर्ता गर्बुजा गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि बेलायतको निजी कम्पनीमा काम गर्दै आएका छन्। उनी परिवारसहित बेलायतमा बसोबास गर्छन्।

‘पोल्याण्डका नागरिक जोन ओलस्कीको सहयोगमा पाँच र छकोठे दुईवटा भवन निर्माण भएको हो’,उनले भने,‘सहयोगदाता ओलस्की र समन्वयकर्ता गर्बुजालाई विद्यालयले सम्मान गरेको छ।’

सहयोगदाता ओलस्कीकाे भनाइमा दुर्गम गाउँका विद्यालयका बालबालिकालाई सहज भएकामा खुसी लागेकाे छ। कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ४३ जना विद्यार्थी छन्। यसअघि विद्यालय भवन रहेको ठाउँमा पहिरोको जोखिम भएपछि करबाकेली थानमुनि विद्यालय स्थानान्तरण गरिएपछि भवनलगायतका पूर्वाधार अभावमा पठनपाठन प्रभावित भएको थियो।

प्रकाशित: ११ वैशाख २०८१ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =