प्रधानमन्त्रीको प्रतिबद्धता : अब शीर्ष नेताको बैठक भागबन्डाका लागि बस्दैन

हिमाल प्रेस १० पुष २०८० १७:५६
86
SHARES
प्रधानमन्त्रीको प्रतिबद्धता : अब शीर्ष नेताको बैठक भागबन्डाका लागि बस्दैन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब शीर्ष दलको बैठक सत्ताको वितरण गर्न नबस्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीको कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै उनले परराष्ट्र नीतिमा एउटै धारणा बनाउन बैठक बसिने बताए।

‘दलहरू नागरिक समाज र सबै निकायलाई क्रम भंगताको अपिल गर्दछु। अब शीर्ष बैठक सत्ताको वितरण गर्न होइन विश्वविद्यालय सुधार्न, परराष्ट नीतिमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र राष्ट्रको छबि सुधार्न बस्नेछ,’ उनले भने।

उनले दीक्षान्त समारोहमा विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेको बताए।

‘राजदूत र नियोग प्रमुख फिर्ता गरिनेछ

‘ उनले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताएका छन्। सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो बताएका हुन्। उनले आर्थिक र कूटनीतिक नियोगलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनमा लाग्न आह्वान गरे।

खेल पर्यटनको सम्भावनाको ढोका खुलेको दाबी

दाहालले पूर्वाधारबिना विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टिमप्रति पनि आभारी जनाए। ‘सुविधासम्पन्न खेल मैदानबिना नै नेपाली क्रिकेट खेलाडीहरूले विश्वकपको यात्रा तय गरे। विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन। यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ। त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौँ,’ उनले भने।

कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिने उनले बताए। साथै मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिँदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्न थालेको जानकारी दिए।

त्यस्तै उनले दलहरूलाई कार्यशैलीगत परिवर्तन गर्न प्रस्ताव गरेका छन्। सत्ताको भागवण्डा र सहकार्यका लागि मात्र शीर्ष नेताहरूबीच सहमति हुने कुरा बदलेर देशलाई अघि बढाउन सामूहिक पहल गर्नुपर्ने बताए।

उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न र देशलाई व्यावसायिक संस्थाहरूमार्फत अघि बढाउने विषयमा पनि सहकार्यका लागि शीर्ष नेताहरूलाई आह्वान गरे।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

प्रकाशित: १० पुष २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =