चित्रबहादुर केसी भन्छन् : लोकतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन

हिमाल प्रेस ३ पुष २०८० १५:१०
10
SHARES
चित्रबहादुर केसी भन्छन् : लोकतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन

लुम्बिनी- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका छन्।

देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भइरहेको बताउँदै केसीले लोकतान्त्रिक व्यवस्था जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

मंगलबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेको ठहर्ने बताए।

अध्यक्ष केसीले भने,‘हिन्दु राज्यको कुरा राजतन्त्रको वकालत हो। यो सम्भव छैन। दक्षिणी हावा हो। जहाँ त्यो असफल भएको छ। धर्मको नाममा नेपालीको बुद्धि भुट्ने काम भएको छ। धर्म मान्न पाइन्छ, त्यो अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्नँ।’

उनले नेपालमा संघीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज उठ्नु स्वभाविक भएको दाबी गरे। उनले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =