माडीमा मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु

हिमाल प्रेस १ पुष २०८० ८:३३
12
SHARES
माडीमा मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु प्रतीकात्मक तस्बिर।

भरतपुर- चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु भएको छ।

माडी नगरपालिका-१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी-२ का वडा सदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो। उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए।

बा प्र ०३०४ प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो।

प्रकाशित: १ पुष २०८० ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =