जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

हिमाल प्रेस २२ मंसिर २०८० २१:१४
6
SHARES
जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

सुदूरपश्चिम- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताएका छन्।

धनगढी उपमहानगरपालिका-१६ को घसिटा गाउँमा आज (शुक्रबार) आयोजित पार्टीको विशेष रूपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा  रहेको स्पष्ट पारे।

नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीन र मित्रराष्ट्र अमेरिकाको भ्रमण गरेको बताउँदै प्रधानमन्त्रीले पार्टीको अभियान सकाएर विधान सम्मेलन गर्ने र त्यसपछि अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।

पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निर्णय बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्रीले जनताको आशा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताए।

प्रकाशित: २२ मंसिर २०८० २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =