स्वर्णिम वाग्लेले भने : ठूला नेतालाई विदेश घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्‍यो

हिमाल प्रेस २० मंसिर २०८० १३:५२
16
SHARES
स्वर्णिम वाग्लेले भने : ठूला नेतालाई विदेश घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्‍यो तस्बिर- हिमाल प्रेस

काठमाडौँ- सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले एनसेलले देशका ठूला नेतासँग मिलेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन्। संसद्‌को अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले ठूला नेतालाई घुमाएर नीतिगत भ्रष्टाचार गरेको बताएका हुन्।

‘ठूला नेतालाई विश्वभरी घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्‍यो। कानुनी छिद्र राखियो। यसमा ऐन नियमहरू नै परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा नेतालाई मिलाएर लगानी गर्नुपर्छ भन्ने कुराको बृहत् नीतिगत समीक्षा हाम्रो समितिले गर्नुपर्छ।’

प्रकाशित: २० मंसिर २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =