अनेरास्ववियुले एनसेल कार्यालय अगाडि प्रदर्शन गर्ने

हिमाल प्रेस १९ मंसिर २०८० ७:०६
2
SHARE
अनेरास्ववियुले एनसेल कार्यालय अगाडि प्रदर्शन गर्ने

काठमाडौँ- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।

मंगलबार बिहान ८:३० बजे लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरिने अनेरास्ववियुले जनाएको छ। एनसेलको ८० प्रतिशत सेयर नेपाल बाहिरै बिक्री भएको थियो ।

जसले गर्दा राज्यलाई आउनुपर्ने राजश्व गुमेको छ। यसका विरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्न लागेको हो।

एनसेलको अपारदर्शी ठगी धन्दाविरूद्द खबरदारी गर्न लागिएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए।

प्रकाशित: १९ मंसिर २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =