नेपाल हिन्दू राज्य घोषणा हुँदैन : प्रधानमन्त्री

हिमाल प्रेस १८ मंसिर २०८० २०:२४
30
SHARES
नेपाल हिन्दू राज्य घोषणा हुँदैन : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका विषयमा संविधानमा लेखिएभन्दा यताउता नहुने बताएका छन्। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरूसँगको अन्तरक्रियामा उनले संविधानमा लेखिएभन्दा यता उता नहुने उनले स्पष्ट पारेका हुन्।

‘यस विषयमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि संविधानमा लेखिएको विषयमा नै प्रतिबद्ध छन् र सरकार पनि स्पष्ट छ,’ उनले भने, ‘वास्तवमा कुरा के हो भने अहिले आएर धर्मलाई संविधानबाट चलाइयो भने त्यहाँ गणतन्त्र पनि चल्छ र त्यसपछि फेरि राजतन्त्रका बारेमा अनेक थरी कुरा हुन सक्छन् भन्ने बारेमा गणतन्त्रका पक्षधर सबै राजनीतिक दलहरू पनि स्पष्ट नै छन्। त्यसैले अहिले हिन्दू राज्य घोषणा गर्ने रे भनेर ल्याएका नाराहरूको कुनै तुक छैन।’

उनले लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरूको कुनै तुक नरहेको बताए।

यस्तै उनले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरूको सत्ता गठबन्धन नटुट्ने पनि स्पष्ट पारे। टिकटकको विषयमा प्रधानमन्त्री दाहालले नियमन गर्न सकिने बताएका छन्।

प्रकाशित: १८ मंसिर २०८० २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =