दूरसञ्चार प्रदायक ३० कम्पनीलाई सम्पर्कमा आउन प्राधिकरणकाे अनुरोध

हिमाल प्रेस १७ मंसिर २०८० ८:२१
दूरसञ्चार प्रदायक ३० कम्पनीलाई सम्पर्कमा आउन प्राधिकरणकाे अनुरोध

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो।

नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण तथा रोयल्टी नबुझाएको भन्दै दूरसञ्चार कम्पनीलाई सात दिनभित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो।

साथै उक्त अवधिभित्र सम्पर्कमा नआए दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।

प्रकाशित: १७ मंसिर २०८० ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =