कृषिमा महिलाको सहभागिता बढी, जग्गामा पुरुषको वर्चस्व

हिमाल प्रेस १५ मंसिर २०८० ११:०४
12
SHARES
कृषिमा महिलाको सहभागिता बढी, जग्गामा पुरुषको वर्चस्व

काठमाडौँ- कृषि क्षेत्रमा महिलाको सहभागिता बढी भएको दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ मा उल्लेख छ। कृषिमा महिलाको सहभागिता बढी छ भने, जग्गामा पुरुषको स्वामित्व धेरै भएको कृषि गणनामा उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा १८ वर्षभन्दा माथिका एक करोड ३२ लाख ११ हजार तीन सय ४९ जना कृषि क्षेत्रमा आबद्ध भएको पाइएको छ।

जसमा महिलाको संख्या ६८ लाख ६३ हजार चार सय १२ र पुरुषको संख्या ६३ लाख ४७ हजार ९ सय ३६ जना रहेको कार्यालयले जनाएको छ।

कृषि गणनाको आधारमा लैंगिक विश्लेषणको दृष्टिकोणले किसान परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशतको कृषि जग्गामा स्वामित्व छ भने वयस्क महिलाको हकमा यो प्रतिशत २०.८ मात्र रहेको छ।

राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाले कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क १८ वर्ष वा त्योभन्दा माथि कृषि जनसङ्ख्याको प्रतिशत ३१.४ रहेको देखाएको छ।

कार्यालयको तथ्यांकमा कृषि क्षेत्रमा महिलाको सहभागिता ५२ प्रतिशतसँगै जग्गामा स्वामित्व तथा हक सुरक्षण ३४.६ प्रतिशत रहेको कार्यालयको तथ्यांकमा छ। साथै जग्गामा पुरुषको स्वामित्व ६५.६ प्रतिशत रहेको छ।

प्रदेशगतरूपमा हेर्दा वयस्क पुरुषको सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७.छ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशमा ४०.१ प्रतिशत रहेको छ।
वयस्क महिलाको हकमा यो प्रतिशत सबैभन्दा बढी गण्डकी प्रदेशमा २४.२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १६.३ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

प्रदेशगतरूपमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी गण्डकी प्रदेशमा ३४.६ र सबैभन्दा कम कर्णाली प्रदेशमा २९ प्रतिशत रहेको छ।

प्रकाशित: १५ मंसिर २०८० ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =