लुम्बिनीमा प्रशिक्षण दिँदै जसपा

हिमाल प्रेस १५ मंसिर २०८० ७:५०
22
SHARES
लुम्बिनीमा प्रशिक्षण दिँदै जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण हुने भएको छ।

आगामी मंसिर १९ गतेदेखि सुरु हुने प्रशिक्षण तीनदिवसीय प्रशिक्षण कार्यक्रममा प्रदेश अन्तर्गतका केन्द्रीय समितिका सदस्यहरु, संघीय परिषद् सदस्यहरू, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति र भ्रातृ संगठनका प्रतिनिधिहरु गरी १२५ जनालाई प्रशिक्षण दिइने भएको छ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेश समितिका इन्चार्ज राजकिशोर यादवलगायतका नेताहरुले प्रशिक्षण दिने छन्।

पार्टी विधानले निर्दिष्ट गरेका नीति, सिद्धान्त र उदेश्य तथा पार्टीको संगठनात्मक गतिविधि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका बारेमा प्रशिक्षण दिइने पार्टीका लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक यादवले जानकारी गराएका छन्।

यस अघि मंसिर ९ र १० गते गर्ने भनिएको प्रशिक्षण पार्टी अध्यक्ष उपेन्द्र यादवको व्यस्तताका कारण पछाडि सारिएको हो।

प्रकाशित: १५ मंसिर २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =