भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा

हिमाल प्रेस २२ कार्तिक २०८० १७:५५
26
SHARES
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा

सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। नेताद्वय पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा आज (बुधबार) पुगेका हुन्।

उनीहरूलाई भूकम्प प्रभावित क्षेत्रमा पार्टीले खटाएको नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले जानकारी दिए। राहत सामग्री वितरण व्यवस्थापनमा ध्यानाकर्षण र सहजीकरण गर्ने जिम्मेवारी महामन्त्रीद्वयलाई दिइएको छ।

यसै गरी संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न संघसंस्था एवं सरकारी निकायहरूबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय गर्न सुझाव र सहजीकरण गर्नका लागि जाजरकोटमा पुगेको सचिव सुवेदीको भनाइ छ।

प्रकाशित: २२ कार्तिक २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =