बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस ४ फागुन २०८० ११:५६
66
SHARES
बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९:३२ बजे परकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाले  ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए। रासस

प्रकाशित: ४ फागुन २०८० ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =