कांग्रेस नेताहरू बुधबार भूकम्प प्रभावित क्षेत्र जाने

हिमाल प्रेस २१ कार्तिक २०८० १५:२६
12
SHARES
कांग्रेस नेताहरू बुधबार भूकम्प प्रभावित क्षेत्र जाने

काठमाडौँ– नेपाली कांग्रेसका नेताहरू बुधबार भोलि भूकम्प प्रभावित क्षेत्र कर्णाली जाने भएका छन्। आज मंगलबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितका नेता त्यस क्षेत्रमा जाने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

‘भोलि अनुगमनमा कांग्रेस जाँदै छ। महामन्त्रीद्वय, केही केन्द्रीय सदस्य र कर्णाली प्रदेशका पार्टीका साथीहरू जानुहुन्छ। त्यहाँको स्थिति, राहत वितरणको अनुगमन गर्ने काम हुन्छ’ उनले भने।

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले पश्चिम नेपालमा ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित: २१ कार्तिक २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =