‘बैंक तथा वित्तीय संस्था र राजनीतिक दलबाट हेपिएका जनतामाथि एमालेले आक्रमण गर्‍यो’

हिमाल प्रेस २० कार्तिक २०८० १८:१६
150
SHARES
‘बैंक तथा वित्तीय संस्था र राजनीतिक दलबाट हेपिएका जनतामाथि एमालेले आक्रमण गर्‍यो’

काठमाडौँ- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले युवा संघले आफूमाथि नभई बैंक तथा वित्तीय संस्थाबाट लुटिएका नागरिकमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्।

भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेकपा एमालेका अध्यक्षसमेत सर्वहारा जनतामाथि लागेको बताएका हुन्। उनले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका थिए। त्यसपछि ओली र एमालेका नेताहरू तथा युवा संघका नेताले प्रसाईंविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

प्रसाईंले राज्यले सहयोग गरे ओलीले कम्बोडियामा लगानी गरेको प्रमाण आफूले दिने दाबी पनि गरे। ‘पछिल्लो समयमा आफूले राष्ट्रवादी आन्दोलन गर्न लागेको र आफ्नो आन्दोलन एमाले तगारो बन्न खोजीरहेको छ। तर, जनताले उनीहरूको बारेमा थाहा पाएर आन्दोलनमा होमिने छन्,’ उनले भने, ‘देशमा आर्थिक मन्दीका कारण जनता भोकै बस्ने अवस्था सिर्जना भएको छ। यो अवस्थाबाट जनतालाई न्याय दिन मैले आन्दोलन गर्न लागेको हुँ। यसमा एमाले र युवा संघको किन टाउको दुखाइ भयो।’

देशमा हेपिएका जनताको ज्वालामुखी आउने थाहा पाएपछि एमाले अध्यक्ष ओली आत्तिँदै युवा संघलाई उचालेर सर्वसाधारण नागारिकको अधिकार खोस्न लागि परेको प्रसाईंको आरोप छ।

राष्ट्रवादी आन्दोलनमा कोही नबोलेको अवस्थामा एमाले मात्र नचाहिँदो‍ फन्डा फैलाउन थालेको उनको भनाइ छ। उनले एमालेले गरिरहेको कामको बारेमा जनता जानकार भएको पनि बताए।

‘नेपालको पैसा जति ५५ जना व्यापारीका हातमा छ। यति मात्र होइन यो देशमा केही मारवाडी व्यापारले अर्थतन्त्र नै लुट्न लागेका छन्,’ उनले भने। सुन तस्करी र अन्य समस्याका बारेमा आवाज उठाइरहेको उनको भनाइ छ।

प्रसाईंले मंसिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणासमेत गरेका छन्। प्रसाईंले आन्दोलन सार्वजनिक गरेपछि युवा संघले पनि मंसिर ७ गते मा माइती घर मण्डलमा कार्यक्रम गर्ने घोषणा गरेको छ। देश समस्यामा हुँदा आफूले आवाज उठाउँदा युवा संघले आफूमाथि आक्रमण गरेको उनको आरोप छ।

प्रकाशित: २० कार्तिक २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =