दुर्गा प्रसाईका बडीगार्ड सर्वोच्च अदालतबाट प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ५ चैत २०८० १५:२६
120
SHARES
दुर्गा प्रसाईका बडीगार्ड सर्वोच्च अदालतबाट प्रहरी नियन्त्रणमा

काठमाडौँ–सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईका निजी सुरक्षा गार्ड हुन्।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइका लागि उनी त्यहाँ पुगेका र प्रहरीले हतियारसहित भेटेपछि सोधपुछका लागि हुनमान ढोका लागिएको प्रसाईको सचिवालयले जनाएको छ। प्रहरीले उनको साथबाट एउटा बन्दुक बरामद गरेको जनाएको छ। प्रहरीले प्रसाईकै सुरक्षामा खटिएका अर्का एक व्यक्तिलाई पनि हतियारसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: ५ चैत २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =