दुर्गा प्रसाई‍को मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

हिमाल प्रेस १२ चैत २०८० १६:४७
126
SHARES
दुर्गा प्रसाई‍को मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले झापास्थित बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन आदेश जारी गरेको छ। सोमबारन्यायाधीशद्वय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुरा भएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले रिट निवेदनमा मागदाबी भएअनुसार आदेश जारी भएको जानकारी दिए। उनले थप जानकारी भने पूर्णपाठ आइसकेपछि थाहा हुने बताए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। डा. गोविन्द केसीले सो कलेजलाई सम्बन्धन नदिन भन्दै आन्दोलन गरेका थिए। त्यसपछि सरकारले सम्बन्धन दिएको थिएन।

सरकारले आशयपत्र प्रदान गरे अनुसार आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। फैसलापछि हिमालप्रेससँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रसाईले भने, ‘जे हुनुपर्ने थियो त्यही भयो। मैले सबै मापदण्ड पहिले नै पुरा गरेको थिएँ।’

प्रसाईले २०६८ सालमा शिक्षा मन्त्रालयबाट मेडिकल कलेज सञ्चालनका लागि मनसायपत्र प्राप्त गरेका थिए। त्यही मनसायपत्रका आधारमा उनले विभिन्न बैंकको ठूलो रकम ऋण लिएका छन्।

तर, उनले २०७४ सालपछि मनसायपत्र नवीकरण गराएका थिएनन्।

नवीकरण नगराएपछि मनसायपत्र स्वतः रद्द भएको मानिने डा. गोविन्द केसीको अभियानपक्षधर र सरकारी पक्षले तर्क गर्दै आइरहेको थियो।

प्रकाशित: १२ चैत २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =