नेकपा एसमा भूकम्प उद्धार र राहत कार्यदल गठन

हिमाल प्रेस २० कार्तिक २०८० १५:५०
6
SHARES
नेकपा एसमा भूकम्प उद्धार र राहत कार्यदल गठन प्रकाश ज्वाला।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा उद्धार, राहतलगायतका सहयोगका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट अनुगमन र सहयोगका लागि ज्वालाको नेतृत्वमा अमर थापा, नन्दा चपाई, धनबहादुर बुढा सम्मिलित अनुगमन राहत तथा उद्धार कार्यदल गठन गरेको हो।

बैठकले पार्टीको कार्यकर्ताबाट आर्थिक संकलन गरी सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको छ भने पार्टीका मन्त्री, सांसदहरु र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तिमा गएकाहरुबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले माघ १४ देखि १८ गतेसम्म हुने पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ। यस्तै पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलीको मंगलबार सुरु हुने चीन भ्रमणले दुई देशको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास लिइएको खतिवडाले बताए।

पार्टीको १५ दिने समाजवादी जागरण अभियानको समीक्षा गर्दै प्रभावकारी रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नेप्रति धन्यवाद प्रकट गरेको छ।

प्रकाशित: २० कार्तिक २०८० १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =