भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली

हिमाल प्रेस १८ कार्तिक २०८० २२:४८
2
SHARE
भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली

काठमाडौँ– संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ। भूकम्पबाट प्रभावित पशुपक्षीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो।

मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतिको नेतृत्वमा शमशेर जीसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटिनेछ। स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८० २२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =