विश्वासको मत माग्दै कांग्रेसलाई प्रचण्डको चेतावनी : तपाईंहरूले ठूलै मूल्य चुकाउनुपर्नेछ

हिमाल प्रेस ७ जेठ २०८१ १२:४०
188
SHARES
विश्वासको मत माग्दै कांग्रेसलाई प्रचण्डको चेतावनी : तपाईंहरूले ठूलै मूल्य चुकाउनुपर्नेछ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जेठ ७ मा विश्वासको मत लिने क्रममा। त्यस दिन कांग्रेसले अवरोध गरे पनि उनले विश्वासको मत पाएका थिए। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभा बैठकमा देखाएको प्रदर्शन इतिहासमा कलंकका रुपमा स्थापित हुने दाबी गरेका छन्।

‘आजको यो गतिविधि नेपालको इतिहासमा कलंलको रुपमा राम्रैसँग स्थापित हुनेछ,’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने।

चौथोपटक विश्वासको मत लिँदैगर्दा प्रधानमन्त्री प्रचण्डले आफूले पटक पटक दिएको साथलाई कांग्रेसले भुलेको बताए।

‘खासगरी नेपाली कांग्रेसका सबै माननीय सदस्यहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आज बहुत् गलत गर्नुभयो भन्ने मलाई लागेको छ, नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो,’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘र यो पटक पनि जुन प्रधानमन्त्रीले संवाद र सहमतिको बाटोमा ल्याउन मिहेनत गरेको छ, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर इतिहासमा एउटा नराम्रो उदाहार प्रस्तुत गर्नुभयो, म त्यसको निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु, नेपाली कांग्रेसलाई मूल्य चर्को पर्नेछ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको लिने कार्यसूची प्रभावित बनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले अवरोध गरिरहेका छन्।

प्रकाशित: ७ जेठ २०८१ १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =