नेकपा एकीकृत समाजवादी : भूकम्प पीडितको सहयोगार्थ कोष स्थापना

हिमाल प्रेस १८ कार्तिक २०८० २१:२८
4
SHARES
नेकपा एकीकृत समाजवादी : भूकम्प पीडितको सहयोगार्थ कोष स्थापना माधवकुमार नेपाल।

काठमाडौँ-  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले भूकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन कोष स्थापना गरेको छ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले देशविदेशमा रहेका पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्तालाई कोषमा सहयोग गर्न आग्रह गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए।

भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले पीडितलाई गाँस, बास, कपास, पुनःस्थापना गरी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनका साथै आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसग माग गरेको छ।

कर्णाली प्रदेशका सबै तहका कमिटीलाई पीडितलाई उद्धार कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको बैठकले पार्टीमा संकलन हुने सबै प्रकारका सहयोग तथा राहत व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी प्रदान गरेको छ। नगद तथा जिन्सी सामग्रीको संकलन तथा समन्वयका लागि जीवनराम श्रेष्ठ र केदार सञ्जेललाई जिम्मेवारी तोकेको छ।

प्रकाशित: १८ कार्तिक २०८० २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =