विपद् जोखिम तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान

हिमाल प्रेस १८ कार्तिक २०८० २१:०५
8
SHARES
विपद् जोखिम तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान

काठमाडौँ- सरकारले जाजरकोट भूकम्पसम्बन्धी छलफल गर्नका लागि विपद् जोखिम तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षमा आइतबार बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा जाजरकोट भूकम्पका कारण प्रभावित क्षेत्रमा राहत, उद्धारलगायत विषयमा छलफल गरिनेछ।

त्यस्तै प्रभावितको पहिचान तथा पुनर्स्थापना, राहतको स्रोत व्यवस्थापनलगायत विषयमा छलफल हुने परिषदका निमित्त सदस्य सचिव ध्रुवबहादुर खड्काले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८० २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =