जाजरकोट भूकम्प : भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, सघाउन तयार

हिमाल प्रेस १८ कार्तिक २०८० ११:०४
2
SHARE
जाजरकोट भूकम्प : भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, सघाउन तयार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर : बीबीसी

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताएका हुन्।

प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन्।

उनले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। भूकम्पमा परी अहिलेसम्म दुई जिल्लामा १३२ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८० ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =