भूकम्प प्रभावित क्षेत्रतर्फ लागे प्रधानमन्त्री

हिमाल प्रेस १८ कार्तिक २०८० ७:२१
8
SHARES
भूकम्प प्रभावित क्षेत्रतर्फ लागे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन्। शनिबार बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेका छन्।  हेलिकप्टरमा औषधिसहित र १६ जना चिकित्सकको टोली पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्प प्रभावित क्षेत्रमा गएका छन्।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्। मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।  भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी आज बिहान ५ बजेसम्म ६४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १८ कार्तिक २०८० ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =