विश्वकप छाडेर अस्ट्रेलिया फर्किए अलराउन्डर मिच मार्स

हिमाल प्रेस १६ कार्तिक २०८० १७:०१
14
SHARES
विश्वकप छाडेर अस्ट्रेलिया फर्किए अलराउन्डर मिच मार्स

काठमाडौँ- अस्ट्रेलियाका अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएका छन्। अस्ट्रेलियाको क्रिकेट बोर्डले बिहीबार उक्त जानकारी गराएको छ। स्वदेश फर्किएसँगै उनी तत्कालका लागि विश्वकपबाट बाहिर भएका छन्।

विश्वकपमा फर्किने निश्चित नरहेको बोर्डको भनाइ छ। यसअघि ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साता हुने इंग्ल्यान्डसँगको भिडन्तअघि मार्सको अनुपस्थिति अस्ट्रेलियाका लागि अर्को झट्का हो।

क्रिकेट अस्ट्रेलियाले मार्सका बारेमा ट्विटरमा भनेको छ, ‘टिममा उनको फिर्तीको समयसीमा निश्चित हुन बाँकी छ।’ १५ सदस्यीय टिममा कसैलाई प्रतिस्थापनका लागि बोलाइने हो वा होइन स्पष्ट भएको छैन।

अस्ट्रेलियाको टी–२० का कप्तान मार्स विश्वकपमा राम्रो फर्ममा रहेका छन् र अहिलेसम्म ३७.५० को औसतमा २२५ रन बनाइसकेका छन्। पाकिस्तानविरुद्ध डेभिड वार्नरसँग २५९ रनको सुरुवाती साझेदारीमा उनले १२१ रनको सानदार पारी खेलेका थिए।

मार्स र म्याक्सवेल दुवै टिमबाट बाहिर भएपछि मार्क स्टोइनिस वा क्यामरुन ग्रिनलाई जोस बटलरको संघर्षरत इंग्याल्यान्डको सामना गर्नका लागि तयार भएको देखिएको छ। इंग्ल्यान्ड अहिलेसम्म ६ खेलमा मात्र दुई खेल जितेर १० टिममा अन्तिम स्थानमा छ। अहिले तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले चार खेल जितेको छ।

प्रकाशित: १६ कार्तिक २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =