सय रन नपुग्दै न्युजिल्याण्डका पाँच खेलाडी पवेलियन फिर्ता

हिमाल प्रेस १५ कार्तिक २०८० २०:२४
8
SHARES
सय रन नपुग्दै न्युजिल्याण्डका पाँच खेलाडी पवेलियन फिर्ता

काठमाडौँ- क्रिकेट विश्वकप २०२३ अन्तर्गत बुधबार साउथ अफ्रिकासँग भइरहेको खेलमा न्युजिल्याण्डले कमजोर प्रदर्शन गरेको छ।

टस जितेर बलिङ रोजेको न्युजिल्याण्डले ३५८ रनको विशाल लक्ष्य पाएको हो। बलिङमा साउथ अफ्रिकालाई रोक्न नसकेको न्युजिल्याण्डले ब्याटिङमा पनि सय रन नपुग्दै ५ विकेट गुमाएको छ।

न्युजिल्याण्डले १८.३ ओभरमा ९० रन बनाउँदा ५ विकेट गुमाएको हो। न्युजिल्याण्डका लागि विल योङले ३३ तथा डेरिल मिचेलले २४ रन बनाउनबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेका छैनन्।

यो समाचार तयार पार्दा ग्लेन फिलिप्स ८ तथा मिचेल सान्ट्नर २ रन बनाएर खेलिरहेका छन्। भारतको पुनेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले ४ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो। उसका लागि दुई जना ब्याटरले शतक बनाए।

जारी प्रतियोगितामा दोस्रो र तेस्रो स्थानमा रहेका दुइटै टिमबीच कडा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिए पनि न्युजिल्याण्डले कमजोर प्रदर्शन गरेको छ।

प्रकाशित: १५ कार्तिक २०८० २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =