मकवानपुरमा मोटरसाइकल दुर्घटना : श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

हिमाल प्रेस १४ मंसिर २०८० १६:१७
20
SHARES
मकवानपुरमा मोटरसाइकल दुर्घटना : श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

काठमाडौँ- मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार १ बजेको समयमा जिल्ला मकवानपुरगढी-२ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो। दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको प्रवक्ता भण्डारीले बताए। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो। उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी- २ कुर्ले पाखा बस्ने वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते भएका छन्।

स्याङ्तानको टाउकोमा चोट लागेको छ भने उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ। मृत्यु भएकी रुपा मोटरसाइकल चालक स्याङ्तानकी श्रीमती हुन् भने ४ महिने शिशु उनीहरूको छोरी हुन्।

प्रकाशित: १४ मंसिर २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =