जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

हिमाल प्रेस ११ मंसिर २०८० ९:१७
18
SHARES
जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट- भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

उनी सुत्केरी भएको करिब एक महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए।

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।’

चदाराले छोरीलाई जन्म दिएकी थिइन्।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको छ।

३४६ जना घाइते भएका थिए। भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको तथ्यांक छ। रासस

प्रकाशित: ११ मंसिर २०८० ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =