चिसोले भूकम्प पीडितको मृत्यु

हिमाल प्रेस २२ पुष २०८० ७:२६
8
SHARES
चिसोले भूकम्प पीडितको मृत्यु प्रतिनिधिमूलक तस्बिर

जाजरकोट- चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ।

भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

पालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन। उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताए।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ। हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन।

प्रकाशित: २२ पुष २०८० ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =