ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस ९ मंसिर २०८० १२:३५
12
SHARES
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

पाल्पा- पाल्पामा ट्र्याक्टर दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा पूर्वखोला गाउँपालिका ५ कर्नेडाँडाका ट्र्याक्टर चालक ४० वर्षीय चन्द्रबहादुर कामूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।

कर्नेडाँडाबाट पोखरीछापतर्फ जाँदै गरेको लु ४ त ६५५३ नम्बरको खाली ट्र्याक्टर शुक्रबार दिउँसो अनियन्त्रित दुर्घटना भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित: ९ मंसिर २०८० १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =