पाल्पाको निस्दीमा जन्ती बोकेको जिप दुर्घटना, ११ घाइते

हिमाल प्रेस ८ वैशाख २०८१ ११:१५
4
SHARES
पाल्पाको निस्दीमा जन्ती बोकेको जिप दुर्घटना, ११ घाइते

पोखरा- पाल्पाको निस्दीमा शुक्रबार राति जन्ती बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा ११ जना घाइते छन्। पाल्पा प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ।

पाल्पाको खादरबाट सहलकोटतर्फ जन्ती लिएर जाँदै गरेको लु १ च २५३५ नम्बरको मुस्ताङ जिप शुक्रबार राति करिब ११ बजे निस्दी गाउँपालिका ३, खादरस्थित भित्री कच्ची सडकमा दुर्घटना भएको हो।

जिपमा १७ जना सवार थिए। अन्य सकुशल छन्। घाइतेहरुलाई रामपुर अस्पताल पठाइएकोमा थियो।

दुर्घटनामा निस्दीका ११ वर्षीय कृष्ण राना, २० वर्षीया केशरी मर्साङ्गी, ३० वर्षीय टीकाबहादुर अस्लामी, ३० वर्षीय मोहन राना, ३२ वर्षीय दरिसा राना, ७ वर्षीया बालिका रोमी राना, १६ वर्षीया कृतिमा सुनार, ६५ वर्षीय सन्तबहादुर राना, ३२ वर्षीय नेत्र राना, नवलपुरको हुक्सेकोटकी ९ वर्षीया बालिका प्रसन्ना राना र पाल्पा निस्दी २, सहलकोटकी १६ वर्षीया तिलिसरा राना घाइते भएका हुन्।

जिप सडकमै पल्टिएको हो। दुर्घटनापछि चालक भागेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले बताए।

प्रकाशित: ८ वैशाख २०८१ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =