मोटरसाइकल दुर्घटनामा मृत्यु

हिमाल प्रेस ८ माघ २०८० ९:५८
4
SHARES
मोटरसाइकल दुर्घटनामा मृत्यु
पाल्पा- पाल्पाको रम्भा गाउँपालिका- १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आइतबार राति एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए।
मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ माघ २०८० ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =