शिक्षक सेवाको वैकल्पिक उम्मेदवारलाई नियुक्ति आह्वान

हिमाल प्रेस २५ मंसिर २०८० १६:५०
3.2k
SHARES
शिक्षक सेवाको वैकल्पिक उम्मेदवारलाई नियुक्ति आह्वान

काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाई पाल्पाले शिक्षक सेवा आयोगको परीक्षामा सफल भई वैकल्पिकमा परेका उम्मेदवारलाई शिक्षक नियुक्तिका लागि आह्वान गरेको छ।

आयोगको परीक्षामा उत्तीर्ण भएर विद्यालयमा नियुक्त भएका शिक्षकले एक वर्ष नबित्दै पाल्पा र अन्यत्र नियुक्ति लिई सकेको हुँदा रिक्त स्थानमा नियुक्तिका लागि वैकल्पिकमा परेका उम्मेदवारलाई एकाई साेमबार आह्वान गरेको हो।

एकाईका अनुसार रत्न मा‍वि‍, माथागढी–४ देवगीर, सानाहुँगी मावि, रम्भा–२ फोक्सिङकोट, जनप्रिय मावि पूर्वखोला–६ हेक्लाङ, सीता मावि रामपुर–३ सीताकुण्ड, किसान मावि माथागढी–४ झडेवा, धारादेवी मावि माथागढी–८ बहादुरपुर, सानाहुँगी मावि रम्भा–२ फोक्सिङकोट, मुकुन्द प्रावि पूर्वखोला–४ देवीनगर र तिन्टी आँप प्रावि तानसेन–८ पाल्पा शिक्षक रिक्त छन्। ती विद्यालयका मा‍वि, निमावि र प्राथमिक तहमा अंग्रेजी, गणित र सामाजिक विषयका शिक्षक रिक्त छन्।

आयोगको नतिजामा सफल खुला तथा समावेशी समूहका वैकल्पिक उम्मेदवारलाई सात दिनभित्र सम्पर्क गर्न एकाईले अनुराेध गरेकाे छ।

एकाईले जारी गरेको पत्रमा भनिएको छ,‘शिक्षा तथा सामाजिक विकास निर्देशनालय (राप्ती उपत्यका) देउखुरी दाङको प.सं.२०७९/८०, च.नं.३४९, मिति २०७९/१०/०५ को सिफारिस तथा यस कार्यालयको मिति २०७९/१०/१६ गतेको निर्णय र शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, सानोठिमी, भक्तपुरको प.सं. २०७९/०८०, च.नं. २४२, मिति २०७९/१२/०५ को सिफारिस तथा यस कार्यालयको मिति २०७९/१२/२० गतेको निर्णयअनुसार स्थायी नियुक्ति लिनुभएका तपसिलका शिक्षकहरूले माध्यमिक तहको शिक्षक पदमा सफल भई यस जिल्ला र अन्यत्र नियुक्ति लिई सकेको हुँदा शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम २५ (१) (ख) बमोजिम नियुक्ति भएको १ वर्ष भित्रै पद रिक्त हुन आएको कारणले सोही नियमावलीको नियम २५ को उपनियम १ र शिक्षक सेवा आयोगले २०७९ सालमा प्रकाशित नतिजासम्बन्धी सूचना अनुसार सिफारिस भएका खुला तथा समावेशी समूहका वैकल्पिक उम्मेद्वारहरूलाई योग्यताक्रम बमोजिम रोजाइका आधारमा स्थायी नियुक्ति दिने प्रयोजनका लागि निम्न उल्लेखित कागजातसहित ७ (सात) दिनभित्र यस कार्यालयमा सम्पर्क राख्नका लागि यो सूचना प्रकाशित गरिएको छ।’

नियुक्ति बुझ्न आउँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्ताका प्रमाणपत्रका प्रतिलिपि,अध्यापन अनुमतिपत्रको प्रतिलिपि, निरोगितको सक्कल प्रमाणपत्र र प्रवेशपत्रको प्रतिलिपि कागजातहरू ल्याउनुपर्ने एकाई प्रमुख महेन्द्र सुर्वेदीले जारी गरेको पत्रमा उल्लेख छ।

प्रकाशित: २५ मंसिर २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =