शिक्षक-कर्मचारीकाे तलबभत्तादेखि शिक्षा विधेयकसम्म प्रधानमन्त्री,अर्थमन्त्री र मुख्य सचिवको ध्यानाकर्षण

हिमाल प्रेस २७ चैत २०८० १३:०३
9.4k
SHARES
शिक्षक-कर्मचारीकाे तलबभत्तादेखि शिक्षा विधेयकसम्म प्रधानमन्त्री,अर्थमन्त्री र मुख्य सचिवको ध्यानाकर्षण

काठमाडौँ– शैक्षिक संघसंगठनहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई संयुक्त रूपमा भेटेका छन्।

उनीहरूले शिक्षक–कर्मचारीका पेसागत माग सम्बोधन र शिक्षा विधेयक–२०८० का विषयमा ध्यानाकर्षण गराए।

प्रधानमन्त्री निवासमा नेपाल शिक्षक महासंघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल विद्यालय कर्मचारी परिषद्लगायतका प्रतिनिधि गएका थिए।

ध्यानाकर्षणका विषय

१. विद्यालय शिक्षा विधेयक–२०८०
२. ग्रेड समायोजन
३. विद्यालय कर्मचारीको महँगीभत्ता प्रदान
४. प्रारम्भिक बालविकास शिक्षकहरूको तलबमान संघीय सरकारबाटै प्रदान गर्नुपर्ने र
५. नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अधिवेशन र निमन्त्रणा ।
६. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई शिक्षक–कर्मचारीका समस्या तत्काल समाधान गर्न निर्देशन।

प्रकाशित: २७ चैत २०८० १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =