तिहार सकिएलगत्तै बढ्यो सुनको मूल्य

हिमाल प्रेस १ मंसिर २०८० १३:२५ | Friday, November 17, 2023
तिहार सकिएलगत्तै बढ्यो सुनको मूल्य फाइल तस्बिर

काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ। मंसिर पहिलो दिन सुनको मूल्य बढेको हो। शुक्रबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहारअघि (कात्तिक २७ गते) प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको छ।

यस्तै तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको हो। कात्तिक २७ मा १ लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि प्रतितोला ९० रुपैयाँले बढेको छ। कात्तिक २७ मा हजार ३६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १ हजार ४५० रुपैयाँ पुगेको हो।

प्रकाशित: १ मंसिर २०८० १३:२५ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast