सकियो ‘चित्रा’ को छायांकन, पुस २७ देखि प्रदर्शन हुने

हिमाल प्रेस ३० असोज २०८० १५:५७
12
SHARES
सकियो ‘चित्रा’ को छायांकन, पुस २७ देखि प्रदर्शन हुने

काठमाडौँ- घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को छायांकन सकिएको छ। साथै निर्माण टिमले आगामी पुस २७ गतेलाई प्रदर्शन मितिसमेत घोषणा गरेको छ। मंगलबार (आज) छायांकन सकिएलगत्तै प्रदर्शन मिति पनि सार्वजनिक गरेका हुन्।

टिमका अनुसार फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रूपमा उठान गरेको छ।

फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।

अजय अधिकारीको कथा रहेको फिल्ममा मनिष गौतमको पटकथा लेखन छ। पारिवारिक सामाजिक कथामा आधारित फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाले निर्माण गरेको छ।

प्रकाशित: ३० असोज २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =