रोकेर राखेको ट्याक्टर गुड्दा बालकको मृत्यु

हिमाल प्रेस २७ असोज २०८० ७:३९
4
SHARES
रोकेर राखेको ट्याक्टर गुड्दा बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफैँ गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका ४ लामाडाँडाका ६ वर्षीय बालक दिक्सन चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकी ५ बजेतिर सोही ठाउँ घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफैँ गुड्दा देबहाहुरका छोरा दिक्सनको मृत्यु भएको हो।

उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

ट्रयाक्टर एक्कसी किन गुड्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको बताइएको छ।

प्रकाशित: २७ असोज २०८० ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =