प्रचण्डको ‘हस्तक्षेप’पछि इजरायल जहाज पठाउने प्रक्रिया सुरु

हिमाल प्रेस २४ असोज २०८० १३:३८
36
SHARES
प्रचण्डको ‘हस्तक्षेप’पछि इजरायल जहाज पठाउने प्रक्रिया सुरु प्रधानमन्त्री प्रचण्ड।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गरेपछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज पठाउने प्रक्रिया अघि बढेको छ।

परराष्ट्र मन्त्रालयले सबै प्रक्रिया अघि बढाउँदा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले अलमल गरेका कारण प्रधानमन्त्री आफैँले सक्रियता देखाएका हुन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपालीलाई स्वदेश फर्काउने विषयमा अन्य मन्त्रीको सुझावलाई किरातीले बेवास्ता गरेका थिए। नेपालीलाई स्वेदश फर्काउन ढिलाइ भएको भनेर आलोचना हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर हप्काएका हुन्।

प्रधानमन्त्री प्रचण्डले ‘यस्तो बेलामा के हेरेर बसेको?’ भन्दै हप्काउँदै जतिसक्दो छिटो विमान पठाउन निर्देशन दिएको सहभागी एक अधिकारीले जानकारी दिए। उनीहरूले सरकारले नै ढिलाइ गरेको र निगमको जहाजप्रति ध्यान नदिएका कारण ढिलाइ भएको जबाफ दिएका थिए।

इजरायलबाट इजाजत लिएपछि तत्काल विमान पठाउने गरी मन्त्री किरातीले बल्ल छलफल अघि बढाएका हुन्। विमान चार्टर गरेर पठाउन सकिने भए पनि सरकारले सेड्युल फ्लाइटकै अनुमति लिएर त्यसतर्फ जाने गरी प्रक्रिया अघि बढाएको छ। सरकारले त्यसका लागि इजरायलसँग स्वीकृति मागेको छ। अब जहाज राति ११ बजे इजरायलतर्फ उड्नेछ।

परराष्ट्र मन्त्रालमार्फत नेपाल फर्कन चाहने नेपालीको लगत संकलन भइरहेको छ। द्वन्द्वग्रस्त मुलुक जानुअघि विमानको बिमा गर्नुपर्ने भएकोले यूएईबाट सो कार्य सम्पन्न गर्ने र इजरायलमा अवतरण अनुमतिको प्रक्रिया लिने काम भइरहेको जानकारी नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बताए।

गत शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलका विभिन्न स्थानमा रकेटआक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ। घटनामा चार नेपाली घाइते भएका छन्। एक नेपालीको अवस्था अझै अज्ञात छ।

इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए। जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अभिभमा राखेको छ। उनीहरूसहित अन्य नेपाली पनि नेपाल आउन चाहिरहेका छन्।

‘इजरायलमा फसेका नागरिकप्रति किन खेलाँची गर्दैछ सरकार?’

प्रकाशित: २४ असोज २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =