इजरायल घटना : नेपालको झण्डा आधा झुकाइने

हिमाल प्रेस २२ असोज २०८० २१:२७
6
SHARES
इजरायल घटना : नेपालको झण्डा आधा झुकाइने

काठमाडौँ- इजरायमा ज्यान गुमाउने नेपालीहरूको सम्झनामा सरकारले नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

गृह मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै सरकारी कार्यालय र विदेशमा रहेका कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको गृह मन्त्रालयलेको विज्ञप्तिमा उल्लेख छ।

साथै इजरायलमा निधन भएका नेपालीको शव चाँडै नेपाल ल्याउने विषयमा पनि निर्णय गरिएकाले सम्बन्धित मन्त्रालयबाट कार्यान्वयन गरिने गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २२ असोज २०८० २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =