हामी सम्पर्कबाहिर रहेका नेपालीको अवस्था बुझ्न सक्रिय छौँ : राजदूत कान्ता रिजाल

हिमाल प्रेस २१ असोज २०८० १५:३६
60
SHARES
हामी सम्पर्कबाहिर रहेका नेपालीको अवस्था बुझ्न सक्रिय छौँ : राजदूत कान्ता रिजाल राजदूत कान्ता रिजाल

द्वन्द्वग्रस्त क्षेत्रमा गाडी लिएर गएर नेपालीको उद्धारमा सक्रिय बनौँ जस्तो लागे पनि सम्भव रहनेछ। म निरन्तर समाचार हेर्ने, यहाँका निकायसम्म सम्पर्क गर्ने र नेपालीबारे जानकारी लिने काम गरिरहेकी छु। हामी तीन जना कूटनीतिक अधिकारी सक्रिय छौँ। यहाँका घरमा बंकरमा बस्ने व्यवस्था हुन्छ। साइरन बज्नेबित्तिकै दौडेर बंकरमा गएर बस्नैपर्छ। घर या गगनचुम्बी महलमा अनिवार्य रूपमा बंकर बनाइएको हुन्छ।

इजरायलीहरु आफू कत्ति पनि हतास नभई आक्रमणकारीलाई मात्र लक्षित गरेर सबैको उद्धारमा जुटेका छन्। दक्षिण इजरायलको किवुज क्षेत्र बिस्तारै इजरायली सेनाको नियन्त्रणमा आउँदैछ। त्यो क्षेत्र पूर्ण नियन्त्रणमा आएपछि नेपालीको अवस्था स्पष्ट हुनेछ। अबको केही घण्टामा सबै नेपालीको अवस्था जानकारी हुनेछ।

अहिलेसम्मको जानकारीमा ११ जना नेपाली सम्पर्कबाहिर छन्। फोनमा चार्ज गर्न नपाएर हुन सक्छ वा कतै आक्रमणमा परेको पनि हुन सक्छ। उनीहरूसँगै काम गरेर भाग्दा सबै बंकरमा पुग्न सफल भएको भन्ने पनि छ। बंकरमा पुगेको भए समस्यामा पर्ने देखिँदैन। आक्रमणमा नेपाली मात्र होइन फिलिपिन्स, थाइल्यान्ड, भारतलगायत मुलुकका कामदार पनि परेका छन्। इजरायली आफैँ पनि आक्रमणमा परेका छन्।

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासले एक्कासि आक्रमण गर्दा काम गरिरहेको नेपाली परेका हुन। चार नेपाली उपचारार्थ छन्। एकजना दौडँदा घाइते भए पनि दुईजनालाई गोली लागेको छ। एक जनाको आईसीयूमा उपचार भइरहेको छ। उनी पनि खतरामुक्त रहेको चिकित्कसले बताएका छन्।

सम्पर्कबाहिर रहेकालाई सम्पर्कमा ल्याउन प्रयास भइरहेको छ। यहाँ सबै संख्या र को कहाँ रहेको भन्ने हुनाले समस्या छैन। अन्य क्षेत्रमा काम गर्नेहरू पनि काम गर्ने ठाउँमै रहेको र बाहिर ननिस्केको अवस्था छ। हामी सीधै कतै जान पाउँदैनौँ। त्यसैले इजरायली अधिकारीले दिएको सूचनालाई आधार मान्नुपर्छ।

हामी तेलअविवमा छौँ। किवुज अलुमिनमा यहाँबाट टाढै पर्छ। इजरायल सरकार नै आफ्नो र अर्को नागरिक नभनी सहयोगमा खटिएको छ। शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेका थियो। त्यसपछि इजरायली सेनाले जबाफी आक्रमण गरेका छन्। निकै ढिला जबाफी आक्रमण हुँदा इजरायलतर्फ अधिक क्षति पुगेको बताइएको छ।

हमासका हतियारधारी लडाकु दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायल सरकारको धारणा छ। हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली भूमिमा प्रवेश गरेको भनिएको छ। अन्य क्षेत्रमा त रकेट प्रवेश गरे पनि थारले छेक्छ तर त्यो क्षेत्र सीमामा भएर समस्या भएको इजरायली
अधिकारीहरू बताउँछन्।
(इजरायलका लागि नेपाली राजदूत रिजालसँगको कुराकानीमा आधारित)

इजरायलमा ११ नेपाली सम्पर्कविहीन, मन्त्री साउद भन्छन् : हताहतीको शंका छ

प्रकाशित: २१ असोज २०८० १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =