इजरायलमा रहेका नेपालीको जीवनरक्षा गर्न देउवाको आग्रह

हिमाल प्रेस २१ असोज २०८० १७:०३
2
SHARE
इजरायलमा रहेका नेपालीको जीवनरक्षा गर्न देउवाको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमा बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन्।

सभापति देउवाले आइतबार सरकारलाई यस्तो आग्रह गरेका हुन्। उनले भनेका छन्,‘ उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।’

त्यसैगरी इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि देउवाले आग्रह गरेका छन्।

अप्ठ्यारोमा परेका नेपालीलाई इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न देउवाले अनुरोध गरेका छन्।

प्रकाशित: २१ असोज २०८० १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =