उद्धारमा जुट्न पार्टी निकायलाई कांग्रेस सभापति देउवाको निर्देशन

हिमाल प्रेस १८ कार्तिक २०८० ८:१०
6
SHARES
उद्धारमा जुट्न पार्टी निकायलाई कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःनिर्माणमा जुट्न पार्टीका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले आफू दुखित भएको बताएका छन्। साथै देउवाले  प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन्। उनले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन्।

सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =