कोशीमा मध्यावधि रोक्न माओवादी नेतृत्वमा सरकार बन्नुपर्छ : आङ्बो

विवेक विवश रेग्मी २० असोज २०८० १६:५३
12
SHARES
कोशीमा मध्यावधि रोक्न माओवादी नेतृत्वमा सरकार बन्नुपर्छ : आङ्बो इन्द्रबहादुर आङ्बो।

इटहरी- नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

यसअघि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले नेतृत्व गरे पनि विश्वासको मत प्राप्त गर्न नसकेको स्मरण गर्दै उनले अब कोशी प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए।

आङ्बोले शनिबार सञ्चारकर्मीहरूसँग भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ।’

कांग्रेस नेतृत्वमा सरकार बनाउन माओवादीले सभामुखलाई समेत राजीनामा गराएको बताउँदै उनले माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत प्राप्त गर्न सक्ने दाबी गरे।

‘मध्यावधि निर्वाचन रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा अलिकति नजिक पनि छ। यस कारण माओवादीको नेतृत्वमा अबको सरकार बन्नुपर्छ’, उनले भने।

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत छ भने एमालेसँग ४० र राप्रपासँग ६ सिट छ। कोशीमा अब संविधानको धारा १६८ (५) अनुसार सरकार गठन हुनेछ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी

प्रकाशित: २० असोज २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =