कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी

विवेक विवश रेग्मी २० असोज २०८० १६:४४
118
SHARES
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी उद्धव थापा।

इटहरी- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले फेरि दाबी गरेका छन्। यसअघि मुख्यमन्त्री भइसकेका उनले फेरि आफूलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउन दाबी गरेका हुन्।

संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले शनिबार राजीनामा दिएसँगै थापाले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। अब संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, ‘मुख्यमन्त्रीमा दाबी मेरो छ। निर्णयचाहिँ गठबन्धनका शीर्ष नेताहरूले गर्नुहुन्छ।’ अहिलेकै गठबन्धनलाई निरन्तरता दिइने उनले प्रतिक्रिया दिए।

मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेसँगै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशभा बैठक स्थगित भएको छ। अहिले दलहरू कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा केन्द्रित भएर छलफलमा जुटेका छन्।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा

प्रकाशित: २० असोज २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =