महेन्द्रनगरको प्रहरी कार्यालय परिसरभित्रै कुटपिट

हिमाल प्रेस १ मंसिर २०८३ ६:३९ | Monday, November 16, 2026
महेन्द्रनगरको प्रहरी कार्यालय परिसरभित्रै कुटपिट

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालयअगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का पाँचजना र भीमदत्त नगरपालिका–१७ का एकजनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ । रासस

प्रकाशित: १ मंसिर २०८३ ६:३९ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast