उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै समापन गरिँदैछ छठ पर्व

हिमाल प्रेस १ मंसिर २०८३ ६:३४ | Monday, November 16, 2026
उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै समापन गरिँदैछ छठ पर्व

काठमाडौँ- सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदै छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक समापन हुँदैछ।

कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य अर्पण गरेका थिए । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जलाशय किनारमै जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गर्दैछन् ।

यतिबेला छठ मनाइरहेका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा अर्घ्य दिन व्रतालु तथा श्रद्धालुहरूको ठुलो घुइँचो लागेको छ । छठ पर्वका अवसरमा तराई–मधेससँगै काठमाडौँ उपत्यका र देशका अन्य विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारहरूलाई दुलहीझैँ सिँगारेर झकिझकाउ बनाइएको छ ।

सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि छठ पर्वको मुख्य दिन (षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन) मात्र बिदा दिँदै आएको सरकारले पहिलो पटक आज उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन पनि सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित: १ मंसिर २०८३ ६:३४ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast