विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलो गर्न हुन्न : रमेश लेखक

हिमाल प्रेस १९ असोज २०८० १२:५९
124
SHARES
विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलो गर्न हुन्न : रमेश लेखक फाइल तस्बिर।

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरूको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संविधानसम्मत ढंगले सरोकारवालाहरूको मागलाई सम्बोधन हुनेगरी सो विधेयकलाई अघि बढाउनुपर्ने बताएका हुन्।

प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे। सरकारले सरोकारवालाहरूसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतीकै आधारमा अघि बढाउन उपयुक्त हुने उनको तर्क थियो।

प्रमुख सचेतक लेखकले भने, ‘सरकारले यो विधेयकलाई पर्याप्त रुपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौं। किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरूको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुंग्याएको छ। विधेयक प्रस्तुत भएको छ’ उनले भने, ‘यो विधेयकलाई संविधान मूल्य, मान्यता र भावना अनुसार सरोकारवालाहरूको सबै चिन्ता र चासोलाई समेटेर सहमतीका साथ यो विधेयकलाई निष्कर्षमा पुर्‍याउनु पर्छ। ’

प्रकाशित: १९ असोज २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =