रमेश लेखक भन्छन्– सहमहामन्त्रीमाथि आक्रमण गर्नेको उद्देश्य ज्यान मार्ने नै देखियो

हिमाल प्रेस २१ भदौ २०८० १४:४७
16
SHARES
रमेश लेखक भन्छन्–  सहमहामन्त्रीमाथि आक्रमण गर्नेको उद्देश्य ज्यान मार्ने नै देखियो

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको देखिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले बुधबार रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहारको घटना क्रूरतापूर्ण रहेको बताए।

‘यो आक्रमण हेर्दा प्रस्ट देखिन्छ, आक्रमणकारीको ज्यान मार्ने नै उद्देश्य हो। ज्यान मार्नकै लागि गरेको प्रहार अत्यन्त क्रूरतापूर्ण, सांघातिक र बर्बर प्रहार भएको छ। यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ,’ उनले भने।

सांसद लेखकले आक्रमणको घोर निन्दा गरे। पक्राउ परेका दोषी र अरू कसैको संलग्नता भए कारबाही गर्न दलको तर्फबाट उनले माग गरे। उनले यो घटना सामान्य नभएको बताए। अर्को प्रतिनिधिसभाको बैठकमा यस घटना र त्यसपछि गरिएका कामका बारेमा जानकारी गराउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानकर्षण गराए।

प्रकाशित: २१ भदौ २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =