व्यवस्थामाथि प्रश्न उठ्नु दुर्भाग्य हो : रमेश लेखक

हिमाल प्रेस २२ मंसिर २०८० १६:२०
4
SHARES
व्यवस्थामाथि प्रश्न उठ्नु दुर्भाग्य हो : रमेश लेखक फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको बिरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले असन्तुष्टिहरु संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि कांग्रेस सचेत रहेको बताए।

उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने बताए। उनले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताए।

‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन। हामी त्यसमै गइरहेका छाैँ। कमी कमजोरीहरु छन्,’ उनले भने,’ केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ। नेपाली कांग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ।’

प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै कांग्रेसले यसबारे गम्भीर रुपमा लिनुपर्ने बताए।

प्रकाशित: २२ मंसिर २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =