कर्णाली एमालेको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

हिमाल प्रेस १५ असोज २०८० २१:४०
34
SHARES
कर्णाली एमालेको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

सुर्खेत-  नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्। प्रदेश पदाधिकारीमा उनको प्यानलै निर्वाचित भएको हो।

सोमबार राति सम्पन्न मतपरिणामअनुसार शाहले ३६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षका प्रत्यासी मीनबहादुर शाहीले २०७ र प्रकाश रोकायाले ४ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्षमा टेकराज पछाईले ३४२, सचिवमा ध्रुवकुमार शाहीले ४०६, उपसचिवमा रवीन्द्रराज शर्माले २९९ र रमेशबहादुर शाहीले २६६ मत ल्याएर विजयी भएको निर्वाचित कमिटी संयोजक मातृका खनालले जानकारी दिए।

सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन भएको थियो। आइतबार भएको मतदानमा कुल ६१६ मतदातामध्ये ६०४ मत खसेको थियो।

खसेको कुल मतमध्ये ९ मत बदर भएको छ भने ५९५ मत सदर भएको हो। पदाधिकारीको मतगणना सकिए पनि सदस्यहरूको मतगणना मंगलबार बिहान सुरु हुने निर्वाचन कमिटीले जनाएको छ। १३५ सदस्यीय प्रदेश कमिटीमध्ये ४४ सदस्य सर्वसम्मत निर्वाचित हुँदा ८६ जनाका लागि मतदान भएको थियो।

प्रकाशित: १५ असोज २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =